पोखरा कृष्ती क्षेत्रका सुन्तलामा कत्ले कीराको प्रकोप
पाेखरा | साउन ९, २०८१
तस्बिर फाइल
पोखरा: पोखरा महानगरपालिका–२१ कृष्ती क्षेत्रका सुन्तलामा कत्ले कीराको प्रकोप देखिएको छ ।
यहाँको काफलबोटेलगायतका स्थानमा झण्डै एक सय रोपनी क्षेत्रफलमा लगाइएको सुन्तला खेतीमा कत्ले कीराको प्रकोप देखिएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो ।
कत्ले कीराको प्रकोप बढ्दै गएको कृषकहरूबाट जानकारी आएपछि प्राविधिकसहितको टोली पुुगेर सुुन्तला बगैँचाको स्थलगत अवलोकन गरिएको उहाँले बताउनुुभयो ।
उक्त कीराको प्रकोपबाट सुन्तलालाई बचाउनका लागि कृषकहरूलाई आवश्यक प्राविधिक सल्लाह दिइएको र त्यसअनुसार उनीहरू लागिसकेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुुसार कत्ले कीराको शरीरको रङ्ग रुखको पात तथा बोक्रसँग मिल्दोजुल्दो हुने हुँदा सजिलै चिन्न सकिदैन । मसिना, गोला तथा चेप्टा राता खैरा रङ्गका यी कीराहरु मैनाको ढकनीले ढाकिएर रहने र बोटको हाँगा, मुना, फल सबै भागमा चुसी नोक्सान गर्छन् । यो कीरा लागेको ठाउँमा कमिला देखिन्छ ।
यसले विरुवाको पात, डाँठ, मुना र फलबाट रस चुस्दछन जसको फलस्वरुप बिरुवा बढ्न सक्दैनन् । साना बिरुवामा यी कीराले धेरै क्षति पु¥याउँछन् । नरम शरीर भएका कत्लेकीराले आफ्नो शरीरबाट मह जस्तो गुलियो पदार्थ निकाल्छन् ।
यस्तो गुलियो पदार्थमा कालोढुसीको अत्यधिक वृद्धि भइ पातलाई ध्वासो जस्तो पदार्थले ढाक्दछ । ध्वाँसोले प्रकाश लिने कार्यमा अवरोध उत्पन्न गरी पातमा खाना बन्ने प्रक्रियामा अवरोध पु¥याउछ । ध्वाँसो लागेका फलको गुणस्तर राम्रो हुँदैन । कतिपय कत्ले कीराले कलिला फलमा पनि आक्रमण गर्ने उहाँले जानकारी दिनुुभयो ।
कृष्ती क्षेत्रमा सुन्तलाको उत्पादन राम्रै हुने गरे पनि समय समयमा विभिन्न कीरा एवं रोगको प्रकोपका साथै फूल फूल्ने तथा बतिला लाग्ने समयमा आउने असिना गम्भीर समस्याका रुपमा रहेको यहाँका स्थानीयवासी बताउँछन् ।
पोखरा: पोखरामा पौष ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको तयारीमा तीव्रता दिइएको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा पौष १...
पोखरा: लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ३ गते देखि १४ गते सम्म आयोजना गरेको २१ औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन...
काठमाडौं: यहाँको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ पर्यटन विकासको प्रचुर सम्भावना हुँदाहुँदै ओ...

